नेपाल न्युज प्वाइन्ट डटकम
निजामती विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेस

काठमाडौं : प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेश भएको छ ।

मंगलबारको सभाको बैठकमा विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामति सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभामा पेस गरिन् ।

प्रतिवेदन पेस गर्दै उनले निजामती सेवाका कर्मचारीले आफ्नो कामप्रति निष्ठावान र प्रतिवद्ध बनाउँदै नीति निर्माण एवं कार्यान्वयनमा स्वार्थको द्वन्द्व नहोस् भनि अवकास भएको मितिले दुई वर्षसम्म अन्यत्र सेवा गर्न कुनै नियुक्ति नगर्ने गरी प्रबन्ध गरेको बताइन् । 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update