चक्रपथमा निजी स्कुलका बसको र्याली

काठमाडौं : निजी विद्यालय सञ्चालकहरूले आज काठमाडौंको चक्रपथमा स्कुल बसको र्याली प्रदर्शन गरेका छन् ।
प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौं उपत्यकाको चक्रपथमा र्याली निकालेका हुन् ।
चक्रपथको एक लेनमा निजी विद्यालयका बसको लाइन देखिएको छ ।
विद्यालय शिक्षा विधेयकबाट 'पूर्ण छात्रवृत्ति' र 'क्रमश: गैरनाफामूलक बनाउने' भन्ने शब्द हटाउन माग गर्दै उनीहरु आन्दोलित भएका हुन् । शिक्षा समितिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले सरकारलाई दबाब दिइरहेका छन् ।
केही दिनअघि पनि प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले सडकमा स्कुल बस निकालेर विरोध जनाएका थिए ।
प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२ १२:४०
प्रतिक्रिया दिनुहोस्