नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री ओली र कम्बोडियाका समकक्षी महानेटबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री सोमदेक मोहा बोरभोर तिपाहदेबीच भेटवार्ता भएको छ । 

सांघाई सहयोग संगठन (ससीओ) प्लस को शिखर सम्मेलनका क्रममा उनीहरूबीच भेट भएको हो ।

भेटका अवसरमा दुई देशबीचको सम्बन्ध, व्यापार र लगानीका क्षेत्रहरूको विस्तारलगायत विषयमा छलफल भएको थियो । भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो ।

उनीहरूबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update