नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेट

काठमाडौं : चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको छ ।

चीनको तियानजिनमा जारी सांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका क्रममा उनीहरुबीच भेट भएको हो ।

प्रधानमन्त्री ओलीसँगको भेटपछि भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्ध गहिरो र विशेष रहेको बताएका छन्।

मोदीले ‘एक्स’ मा लेखेका छन्, ‘तियानजिनमा नेपालका प्रधानमन्त्री केपी ओलीसँग भेट्न पाउँदा खुसी लाग्यो । नेपालसँग भारतको सम्बन्ध गहिरो र धेरै विशेष छ ।’

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update