नेपाल न्युज प्वाइन्ट डटकम
लुना बनिन् मिस नेपाल-२०२५

काठमाडौं : मिस नेपाल २०२५  को उपाधि लुना लुइँटेलले जितेकी छन् । आज गोदावरीको सनराइज हलमा भएको फाइनलमा २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।

उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन् ।

यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि उरुशा भण्डारीले जितेकी छन् । मिस नेपाल अर्थ भने सोनी घले भएकी छन् । मिस कस्मो  दिपशिखा नेपाल बनेकी छन् ।

फाइनल गोदावरीस्थित सनराइज हलमा भएको थियो । मिस नेपालको यो ३१औं संस्करण हो ।

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update