नेपाल न्युज प्वाइन्ट डटकम
प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

खापुङ हाल एआइजीको रूपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रमुख हुन् । हालका प्रहरी महानिरीक्षक दीपक थापा भदौ १८ गते राति १२ बजेदेखि अवकाशमा जाँदैछन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update