नेपाल न्युज प्वाइन्ट डटकम
१२२ उपसचिवको सरुवा

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैचोटी १२२ जना उपसचिवहरुको सरुवा गरेको छ । 

सरकारले देशका सम्पूर्ण स्थानीय तहहरुमा निमित्त अधिकृतको अन्त्य गर्ने उद्देश्यले ठूलो संख्यामा कर्मचारी सरुवा गरेको हो ।

तीमध्ये अधिकांशलाई पालिकाहरुको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ । यससँगै गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य भएको मन्त्री भगवती न्यौपानेको दाबी छ ।

यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्र् प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती सेवा ऐन, अनुसार अवकाशको चरणमा रहेका कर्मचारीहरु बाहेक, मन्त्रालयले पारदर्शिता, कार्यकुशलता र भौगोलिक क्षेत्रको अनुभव दिलाउने गरी प्रमुख प्रशासकीय अधिकृत खटाइएको हो ।

त्यसक्रममा २ वर्षभन्दा बढी मन्त्रालय वा अन्तर्गत कार्यरत, उपत्यका केन्द्रित कार्यालयमै सीमित, स्थानीय तहमा काम नगरेका, प्रदेशमा कामकाजका लागि खटिएका तथा फाजिल वा अतिरिक्त समूहमा रहेका कर्मचारीलाई प्राथमिकतामा राखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update