नेपाल न्युज प्वाइन्ट डटकम
अरनिको पाँडेलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालत

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अरनिको पाँडेलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

पाँडेविरूद्ध एक महिलाले सामाजिक सञ्जालमार्फत आफूलाई अपशब्द प्रयोग गरेको भन्दै जाहेरी दिएकी थिइन् । जाहेरी दर्ता भएपछि पाँडे बुधबार आफै काठमाडौंस्थित साइबर ब्युरोमा उपस्थित भएका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update