नेपाल न्युज प्वाइन्ट डटकम
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौँ : डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना भने घाइते भएका छन् ।

बिहान सवा ९ बजेतिर नवदुर्गा गाउँपालिका-५ चौडमा से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परेर नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरूको उद्धार गरी जिल्ला अस्पताल डडेल्धुरामा पठाइएको छ ।

जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको हो ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update