नेपाल न्युज प्वाइन्ट डटकम
राज्य व्यवस्था समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने

काठमाडौं : प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था समितिको सभापति चयनका लागि यही भदौ ११ गते निर्वाचन हुने भएको छ ।

संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले एक सूचना जारी गर्दै सभामुख देवराज घिमिरेले भदौ ११ गते बुधबारका लागि सभापति चयनका लागि निर्वाचनको मिति तोकेको जानकारी दिएका छन् ।

यसअघिका समिति सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडसँग त्रुटिको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएपछि सो पद गत साउन २८ गतेदेखि रिक्त छ ।

रिक्त पदमा १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्थाअनुसार निर्वाचन गर्न लागिएको हो ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update