नेपाल न्युज प्वाइन्ट डटकम
पूर्वमुख्यसचिव अर्यालविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियार सर्वोच्चमा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध सर्वोच्च अदालत पुगेको छ । अख्तियारले पूर्वमुख्यसचिव अर्याललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

सुरक्षण मुद्रण केन्द्रले अन्तःशुल्क स्टिकर छपाईसम्बन्धी कार्यमा अर्यालसहित १२ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर उक्त मुद्दामा विशेष अदालतले २०८१ मंसिरमा अर्याललाई सफाइ दिएको थियो ।

विशेषले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई दोषी ठहर गर्दै अन्य बाँकीलाई सफाइ दिएको थियो । सोही फैसलाविरुद्ध अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो । अर्याल सञ्चारसचिव हुँदा आर्थिक अनियमितता गरेकाे अख्तयारकाे दाबी छ ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update