रौतहटमा सुटकेसभित्र शव फेला

गौर : गौरमा सुटकेसबाट बरामद भएको शवको पहिचान खुलेको छ । रौतहटको गौर नगरपालिका– ९ गौर सिरसिया सडक किनारमा सुटकेसभित्र भेटिएको महिलाको शवको सनाखत भएको हो ।
सुटकेसमा डोरीले बाँधिएको अवस्थामा भेटिएको शव रौटहटको माधवनारायण नगरपालिका- २ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साहको भारतको मजफरपुरमा विवाह भएको थियो । उनी हाल माइतीमा बस्दै आएकी थिइन् । उनी हिजो साँझ ६ बजेदेखि सम्पर्कविहीन बनेको पारिवारिक श्रोतले जनाएको छ l ब्युटीपार्लर जान्छु भनेर हिडेकी उनी ६ बजेपछी सम्पर्कविहीन भएकी थिइन् l
शव गएराति गौर नगरपालिका- ९ स्थित गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेटनजिकै भेटिएको थियो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२ ११:४६
प्रतिक्रिया दिनुहोस्