नेपाल न्युज प्वाइन्ट डटकम
भूमि विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौं : भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गरेकी हुन् ।

यो विधेयकमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने फरकमत राखेको छ । माओवादी केन्द्रले सूचित आदेशमार्फत सरकारले जग्गाको हदबन्दी तोक्ने र हेरफेर गर्न सक्ने प्रावधानमा फरकमत राखेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update