नेपाल न्युज प्वाइन्ट डटकम
शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौंः नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शिक्षा विधेयकमा आफूहरुका माग सम्बोधन नभएको भन्दै महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । 

महासंघले दुई चरणमा आन्दोलन गर्ने बताएको छ । जसअनुसार पहिलो चरणको आन्दोलनको कार्यक्रम भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाउने रहेको बताएको छ ।

यस्तै, भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरुमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने, भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिने कार्यक्रम रहेको बताइएको छ ।

महासंघले भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएकाो हो । जसमा अवरोधात्मक, विरोध प्रदर्शन लगायतका कार्यक्रम रहनेछन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update