नेपाल न्युज प्वाइन्ट डटकम
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

काठमाडौंः विद्यालय शिक्षा विधेयक बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो । 

पारित विधेयकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने फरक मत राखेका छन् । 

माओवादीले ५ फरक मत राखेको हो। रास्वपाले ३ बुँदे फरक मत राखेको छ भने राप्रपाले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने विषयमा फरक मत राखेको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update