नेपाल न्युज प्वाइन्ट डटकम
अछाममा खोलाले बगाउँदा ७ वर्षीया बालिकाको मृत्यु

काठमाडौँ : अछाममा बाटोबाट चिप्लिएर खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका-४ कुस्कोट निवासी खडक साउँदकी ७ वर्षीया कृति साउँदको मृत्यु भएको हो ।

मामा घर साँफेबगर नगरपालिका-१३ बाब्लाबाट उपचार गरेर सोही वडाको बुढाबगर बजारबाट फर्किने क्रममा साँघुरोबाटबाट इकडी खोलामा खसेपछि बगेर मृत्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ ।

इकडी खोलाले बगाएपछि प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्दा तीन किलोमिटर तल मृत अवस्थामा भेटिएको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update