नेपाल न्युज प्वाइन्ट डटकम
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

 काठमाडौं : प्रतिनिधि सभामा आजका लागि तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यतालिका भए पनि स्वास्थ्य समस्याका कारण प्राधनमन्त्री अनुपस्थित हुने भएपछि प्रश्नोत्तर कार्यक्रम स्थगित भएको हो ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन नसक्ने जानकारी गराएका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update