नेपाल न्युज प्वाइन्ट डटकम
बेनिघाट रोराङ र खैरहनीसहित ६ स्थानीय तहलाई सरकारले सम्मान गर्ने

काठमाडौं : सरकारले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट नतिजा हासिल गर्ने ६ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रिय स्तरमा सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन नगरपालिका र तीन गाउँपालिकाको नाम सार्वजनिक गरेको हो।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार नगरपालिकातर्फ चितवनको खैरहनी नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र धादिङको नीलकण्ठ नगरपालिका उत्कृष्ट घोषित भएका छन्।

त्यस्तै, गाउँपालिकातर्फ स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका, धादिङको बेनीघाट रोराङ गाउँपालिका र गुल्मीको रुरु क्षेत्र गाउँपालिका सम्मानित हुने भएका छन्।

लिसा मूल्याङ्कनमार्फत स्थानीय तहहरूको कार्यप्रक्रिया, उपलब्धि, विकास व्यवस्थापन, सुधारका क्षेत्र पहिचान तथा स्वस्थ प्रतिस्पर्धाको भावना प्रोत्साहित गर्ने उद्देश्य राखिएको मन्त्रालयले जनाएको छ। यस वर्षको मूल्याङ्कनमा चयन गरिएका पालिकाहरूले राष्ट्रिय स्तरमा उच्चतम अंक हासिल गरेका हुन्।

533948276_1793335274911566_4342625615927752443_n_e5f4uoTSZG1755592595-1755670066.png
 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update