नेपाल न्युज प्वाइन्ट डटकम
अवरुद्ध महाकाली राजमार्ग सञ्चालनमा

दार्चुलाः पहिरोले अवरुद्ध भएको महाकाली राजमार्ग सञ्चालनमा आएको छ । आइतबार रातिको अविरल वर्षाका कारण राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–३ तेर्छालेक र शैल्यशिखर नगरपालिका–६ को रनेबासमा  पहिरो खसेको थियो । 

पहिरो पन्छाइएसँगै राजमार्ग बिहान ११ बजेपछि सञ्चालनमा आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । राजमार्ग खुलेसँगै बन्द रहेको सवारी आवागमन सञ्चालनमा आएको छ । सवारी साधन सञ्चालन आएसँगै अलपत्र यात्रु पनि आ–आफ्नो गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update