नेपाल न्युज प्वाइन्ट डटकम
विष्णु माझीको तिज गीत ‘म त नराउरी’ सार्वजनिक

काठमाडौं : गायिका विष्णु माझीको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘म त नराउरी’ बोलको गीत आज युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतलाई ’पुतलीको भट्टी’ भाग २१ श्रृंखलाको रुपमा प्रस्तुत गरिएको छ । गीतमा विष्णुका पति सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको छ ।

गीतको भिडियोमा ललिता पौडेलको अभिनय देख्न सकिन्छ । नृत्य निर्देशन मौसम हिमालीले गरेका हुन् । छायांकन शम्भु चालिसेको छ भने सम्पादन प्रविन भट्टको छ ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update