लालवीर चौधरीलाई आयोगले दिएन आधिकारिकता, नाउपाको अध्यक्षमा रन्जिता नै कायम

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीको आधिकारिकता अध्यक्ष रञ्जिता श्रेष्ठकै पक्षमा रहने भएको छ ।
पार्टीका संरक्षक रेशम चौधरीले हालै राष्ट्रिय भेला बोलाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएको जानकारी निर्वाचन आयोगमा पठाएका थिए ।
राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधान अनुसार राष्ट्रिय भेला वैधानिक नभएको र रन्जितानै अध्यक्ष भएको आयोगले हिजो राति निर्णय गरेको छ ।
निर्णय गर्नुभन्दा पहिले लालवीर र रन्जितालाई आयोगले पत्र काटेको थियो । दुवैले आफू अध्यक्ष भएको दाबी गर्दै आयोगलाई जवाफ दिएका थिए ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०८२ ११:३३
प्रतिक्रिया दिनुहोस्