सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । बिहीबारको प्रदेशसभाको बैठकमा उनले विश्वासको मत पाएका हुन् ।
शाहले सभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३० जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् । नागरिक उन्मुक्तिकै कारणले मुख्यमन्त्रीले विश्वासको मत लिनुपरेको थियो । विश्वासको मतको पक्षमा नाउपाकै कैलाश चौधरीले मत दिएको बताइएको छ ।
५३ सदस्यीय प्रदेशसभा (एक जना निलम्बित) मा शाहलाई नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका एक गरेर ३० जना प्रदेशसभा सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।
बैठकमा सहभागी १५ जना प्रदेशसभा सदस्यले विपक्षमा मतदान गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२ २०:२४
प्रतिक्रिया दिनुहोस्