नेपाल न्युज प्वाइन्ट डटकम
यथास्थितिवादी र प्रतिगमनकारी षड्यन्त्रहरुलाई रक्षात्मक अवस्थामा पुर्‍याएको मोर्चाको दाबी

काठमाडौंः समाजवादी मोर्चाले यथास्थितिवादी र प्रतिगमनकारी षड्यन्त्रहरुलाई असफल बनाउन मोर्चा सफल भएको निष्कर्ष निकालेको छ । मंगलबार आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निष्कर्ष निकालेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

बैठकले समग्रमा मोर्चा सफल भएपनि जनता र पार्टी कार्यकर्ताको अपेक्षा पूरा गर्ने कुरामा कमजोरी देखा परेको निष्कर्ष निकोलेको विश्वकर्माले जानकारी दिए । उनले दलका नेताहरुको समय व्यवस्थाका कारण मोर्चाले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै अगामी दिनमा यस्ता कुराहरु सुधार्ने विषयमा पनि छलफल भएको बताए । 

उनले भने, ‘यथास्थितिवादी या प्रतिगमनकारी षड्यन्त्रहरुलाई समाजवादी मोर्चाले असफल बनायो भन्दा पनि हुन्छ । अहिले त्यसलाई रक्षात्मक स्थितिमा पुर्याएको छ । यो यसको सकारात्मक पक्ष हो । त्यसकारण मोर्चा यो बीचमा मुलभुत रुपमा सफल रह्यो भन्ने हाम्रो निष्कर्ष छ । जहाँसम्म यसका केही समस्याहरु रहेका छन् । मोर्चाले जुन ढंगले गति लिनुपथ्र्यो । जनता र मोर्चामा रहेका कार्यकर्ताको जुन अपेक्षा तथा नेपालको राजनीतिका इमानदार नेता र कार्यकर्ताको अपेक्षा जुन थियो । त्यो ढंगले अगाडि बढ्ने कुरामा केही समस्याहरु रहे ।  त्यसका कारण पछिल्ला दिनहरुमा केही प्रश्नहरु छन् भन्ने निष्कर्षमा हामी पुगेका छौं । हाम्रा विगतमा भएका कमजोरीहरुलाई सच्याउनुपर्छ भन्ने भन्ने हाम्रो आजको बैठकको निश्कर्ष हो ।’

उनले वर्तमान व्यवस्थाको सुदृढिकरणतर्फ लैजान कुरामा मोर्चालाई प्रभावकारी बनाएर अगाडि बढ्ने सहमति भएको पनि बताए ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update