नेपाल न्युज प्वाइन्ट डटकम
पूर्वराष्ट्रपति भण्डारी र कांग्रेस नेता डा. कोइरालाबीच भेटवार्ता

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न नेता डा. कोइराला बुढानीलकण्ठ नगरपालिकास्थित भंगालमा रहेको उनको निवासमै पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा छलफल भएको बताइएको छ ।

देशको समसामयिक राजनीतिक परिस्थिति, सरकारको प्रभावकारिता र जनस्तरबाट उठिरहेको आम असन्तुष्टिको विषयमा भण्डारी र कोइरालाबीच छलफल भएको बताइएको छ ।

भेटवार्ताका क्रममा नेता डा. कोइरालाले आफूले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएको बताउँदै त्यसमा साथ दिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह गरेका थिए ।

यसअघि नेता डा. कोइरालाले बिहीबार मात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग पनि भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update