नेपाल न्युज प्वाइन्ट डटकम
जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौं : जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

बुधबार जसपा नेपालले समर्थन फिर्ताको पत्र प्रतिनिधि सभा सभामुख देवराज घिमिरेलाई बुझाएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिइएको जसपा नेपालका प्रमुख सचेतक रेखा यादवले बताइन् ।

जसपा नेपालले एमाले/कांग्रेस गठबन्धनको सरकारलाई समर्थन दिएपनि सरकारमा गएको थिएन । पछिल्लो समय जसपा नेपालले भूमि विधेयकमा आपत्ति जनाउँदै आएको थियो ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update