नेपाल न्युज प्वाइन्ट डटकम
अध्यक्ष लिङ्देनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोगलाई गुहारें : नवराज सुवेदी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिबाट हटाइएपछि वरिष्ठ नेता नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ गते नेता सुवेदी पार्टी सदस्य नरहेको निष्कर्ष निकाल्दै अनुशासन समिति अध्यक्षबाट हटाएर रोशन कार्कीलाई अध्यक्ष पदमा मनोनीत गरेका थिए ।

सोही निर्णयविरुद्ध पार्टीका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र महामन्त्रीद्वय धवल समशेर जबरा र कुन्ती शाहीसहित आइतबार सुवेदी निर्वाचन आयोग पुगेका हुन् ।

आयोगमा उजुरी दिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता सुवेदीले पार्टीको निर्णयबिना अध्यक्षको स्वेच्छाचारिताले आफूलाई अनुशासन समितिबाट हटाएका कारण उजुरी दिएको प्रतिक्रिया दिए ।

उनले अध्यक्ष लिङ्देनले प्राकृतिक न्यायको विरुद्धमा निर्णय गरेको पनि आरोप लगाए । उनले पार्टीभित्र भइरहेको षड्यन्त्र नहोस् र निष्पक्ष न्यायका लागि आयोगमा उजुरी दिएको दोहोर्‍याउँदै उनले थप प्रतिक्रिया पछि दिने बताए ।

उनले राजसंस्था पुनःस्थापनको आफूहरुको आन्दोलन जारी रहेको पनि दाबी गरे । पार्टीभित्र कुनै गुट नहोस् भन्ने पक्षमा आफू रहेको पनि उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update