नेपाल न्युज प्वाइन्ट डटकम
वामदेव एकीकृत समाजवादीमा जाने, साउन २ मा घोषणा

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएका छन् । शुक्रबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अभियानका अध्यक्ष गौतमबीच पार्टी एकता गर्ने सहमति भएको हो । 

पार्टी एकताको घोषणा २ साउनमा राष्ट्रियसभागृहमा कार्यक्रम आयोजना गरी गर्ने सहमति पनि भएको छ । सहमति पत्रमा नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकताबद्ध हुने सहमति गरेको उल्लेख छ ।

सहमतिपत्रमा भनिएको छ, 'नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानकर अध्यक्ष वामदेव गौतमसहितका नेताहरूबीच छलफल हुँदा राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीती र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकतावद्ध हुने सहमति गरियो ।'

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update