प्रमुख दुई दलका शीर्ष नेताबीच छलफल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरुबीच आज छलफल भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा जारी बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी छन् ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०८२ १२:१२
प्रतिक्रिया दिनुहोस्