नेपाल न्युज प्वाइन्ट डटकम
सरकारबाट बाहिरिने नाउपाको निर्णय

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने भएको छ ।

शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।

नाउपाबाट अहिले संघीय सरकारमा सांसद अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन् ।

उनले पनि भोलि नै प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने श्रेष्ठले बताइन् ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update