नेपाल न्युज प्वाइन्ट डटकम
अध्यक्ष नेपालविरुद्ध अभिव्यक्ति दिएपछि झाँक्रीलाई सोधियो स्पष्टीकरण

काठमाडौं : नेकपा एकीकृत समाजवादीले स्थायी समिति सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।

पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध अभिव्यक्ति दिएपछि नेतृ झाँक्रीलाई पार्टीले स्पष्टीकरण सोधेको हो ।

बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा झाँक्रीले अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका थिइन् ।

सो अभिव्यक्तिपछि एकीकृत समाजवादी अनुशासन आयोगले झाँक्रीलाई तीन दिने स्पष्टीकरण सोधेको हो ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update