कात्तिक १७ गते रुपन्देही-३ मा उपनिर्वाचन गर्ने आयोगको निर्णय

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको हो ।
२०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ । बोहोराको गएको चैत्र १९ गते काठमाडौंको ओम अस्पतालमा निधन भएको थियो ।
प्रकाशित मिति: सोमबार, असार १६, २०८२ १५:०८
प्रतिक्रिया दिनुहोस्