नेपाल न्युज प्वाइन्ट डटकम
माधव नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

काठमाडौं : विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

पताञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गत २२ जेठमा नेता नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update