नेपाल न्युज प्वाइन्ट डटकम
माओवादी र एकीकृत समाजवादीका नेताबीच छलफल

काठमाडौं : प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूबीच छलफल भएको छ । सिंहदबारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूबीच छलफल भएको हो ।

छलफलमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायत सहभागी थिए । एकीकृत समाजवादीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता बेदुराम भुसाललगायत थिए ।

संसद्का विभिन्न विषयमा दुई पार्टीबीच छलफल भएको पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update