नेपाल न्युज प्वाइन्ट डटकम
विनियोजन विधेयक प्रस्तावको पक्षमा मतदान गर्न एमालेको ह्वीप

काठमाडौं : नेकपा एमालेले विनियोजन विधेयक, २०८२/८३ को प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दलका सम्पुर्ण सदस्यहरूलाई ह्वीप जारी गरेको छ । 

एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाद्वारा जारी ह्वीपमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन गरिएको छ ।

नेपाल सरकारद्वारा गत जेठ १५ गते संघीय संसदमा पेश गरिएको आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक, २०८२ भोलि मङ्गलबार प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update