नेपाल न्युज प्वाइन्ट डटकम
प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको छ । 

मंगलबार साढे ४ बजेका लागि सारिएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो । 

दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुरु भए पनि कार्यसूचीमा प्रवेश नगरी साढे ४ बजेका लागि सारिएको थियो ।

मंगलबार बैठक सुरु भएको घोषणालगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले उभिएर विरोध जनाएका थिए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले निलो रिबन लगाएर रास्वपाका सांसद बैठकमा सहभागी भएको भन्दै नियमापत्ति जनाए । 

त्यसपछि सभामुखले ३० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update