नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रम सुरु

काठमाडौं : नेपाली कांग्रसले वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रमका शुभारम्भ गरिएको हो ।

शुभारम्भ कार्यक्रममा बोल्दै कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागका सभापति कल्याण गुरुङले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सबै एकजुट हुनुपर्न बताए । पृथ्वी जोगाउनु सबैको कर्तव्य भएको उनको भनाइ थियो ।

विनाशलाई पर्खिनु भन्दा केही गरेर असर न्यूनीकरणका लागि पहल गर्न जरुरी रहेको र त्यही उद्देश्यबाट यो कार्यक्रम सुरु गरिएको उनले बताए । विपद् व्यवस्थापनसम्बन्धी नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिने तालिममा सहभागी गराइने उनले बताए ।

उनले तालिम प्राप्त जनशक्तिलाई देशमा कतै जाँदा पनि फरेस्ट, इन्भायरोमेण्ट र क्लाइमेट चेन्जको विषयमा सिकाउनसक्ने जानकारी दिइने बताए ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update