लुटतन्त्रको रक्षाका लागि सरकार र माओवादी मिले : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले लुटतन्त्रको रक्षाका लागि सरकार र नेकपा माओवादी केन्द्रबीच समझदारी भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले १८ दिनदेखि संसदमा नाटक मञ्च्न भइरहेको बताए । उनले प्रमुख प्रतिपक्ष दलका नेताले वीरतापूर्वक आत्मसमर्पण गरेका बताए । उनले बहादुरीकासाथ पछाडि हटेको सुन्न पाइएको टिप्पणी गरे ।
अध्यक्ष लिङ्देनले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गर्न आग्रह गरे ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२ १७:२८
प्रतिक्रिया दिनुहोस्