नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने

काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि बैठक बोलाएको हो ।

बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको भावी रणनीति लगायतबारेमा छलफल हुने बताइएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू सहभागी रहनेछन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update