नेपाल न्युज प्वाइन्ट डटकम
विपक्षीको अवरोध जारी, प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित भएको छ । विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक भोलिसम्मका लागि स्थगित गरेका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् बैठक अवरोध गर्दै आइरहेका छन् ।

सो प्रकरणको छानबिन वा अध्ययन गर्ने भन्ने विषयमा सत्तारुढ दलहरूले लिखित प्रतिबद्धता जाहेर गर्ने बताएका छन् भने रास्वपाले यसमा निर्णय लिन समय माग गरेको छ । 

आगामी बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update