नेपाल न्युज प्वाइन्ट डटकम
प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित भएको छ । संघीय संसद सचिवालयले सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको हो ।

आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिलोगरी सुरु भएको थियो । तर प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसदहरूको अवरोधपछि आधा घन्टाका लागि स्थगित भएको थियो । तर बैठक पुनः सञ्चालन हुन सकेन ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् बैठक अवरोध गर्दै आइरहेका छन् । निरन्तर छलफल चलिरहँदा पनि सत्ता र प्रतिपक्षबीच संसद् खुलाउनेबारे सहमति भएको छैन ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update