नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेसलाई बलियो बनाउन जरुरी छ : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताएका छन् । आइतबार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३औं पुण्यतिथिका अवसरमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जोन्छेको जीवनीबाट प्रेरणा लिएर कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए । उनले शहीद जोन्छेको बारेमा अझै धेरै पुस्तकहरु लेखेर जनमानसमा पुर्‍याउनुपर्ने बताए । उनको प्रेरणाबाट युवाहरुले धेरै कुरा सिक्न सक्ने जिकिर गरे । आफूले जोन्छेलाई मन्त्री बनाउन चाहेको भएपनि बनाउन नसकेकोप्रति उनले दुःख व्यक्त गरे ।

सभापति देउवाले भने, ‘उहाँका सम्बन्धमा हामीले अझै केही किताव लेख्नुछ । देशभर नै उहाँको प्रचार गर्नुछ । भोलिका युवाले उहाँको प्रेरणाबाट धेरै कुरा सिक्न सक्छन् । उहाँका धेरै कामहरुको चचर्चा गर्न जरुरी छ । म त अझ मन्त्री बनाउन चाहन्थें उहाँलाई । उहाँले राम्रो काम गर्नुभएको छ । उहाँकाप्रति सम्मान मात्रै गर्ने होइन, उहाँको उदारताबाट प्रेरणा लिएर हाम्रो पार्टीलाई बलियो बनाउनुपर्छ ।’

सभापति देउवाले शहीद जोन्छेको जीवनीबाट प्रेरणा लिन जरुरी रहेको बताए ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update