नेपाल न्युज प्वाइन्ट डटकम
राप्रपा नेपालका अध्यक्ष थापा र सांसद सिंहसहित ७ जना रिहा

काठमाडौं : आइतबार दिउँसो प्रदर्शनका क्रममा प्रहरी नियन्त्रणमा परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दिपक सिंहसहित ७ जना रिहा भएका छन् ।

राप्रपा नेपालका अध्यक्ष थापा, सांसद सिंह, कार्यकर्ता शिला राणा, व्यवसायी राकेश बस्नेत, सुन व्यवसायी रामचन्द्र लामिछाने, व्यवसायी विनोद कपाली, राप्रपा युवा मोर्चा नेपालका सदस्य सरोज तिमिल्सिना र डा. राजीव झालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

मदिरा सेवन गरेर प्रहरीमाथि नै दुर्व्यवहार गर्ने एक जना डा राजीव झा भने थुनामै छन् ।    पक्राउपछि स्वास्थ्य परीक्षण गर्दा उनले रक्सी खाएको पुष्टि भएको थियो ।  

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  २१:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update