नेपाल न्युज प्वाइन्ट डटकम
माओवादी केन्द्र र नेसपाबीच एकता

काठमाडौं : नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता भएको छ । राजधानीमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी पार्टीका संयोजक गंगानारायण श्रेष्ठले ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै समायोजन प्रक्रिया सार्वजनिक गरेका हुन् ।

सहमति अनुसार, गंगानारायण श्रेष्ठलाई माओवादी केन्द्रको केन्द्रीय सचिवको जिम्मेवारी दिइएको छ भने समाजवादी पार्टीबाट आएका अन्य सदस्यहरूलाई पनि संगठनभित्र सम्मानजनक भूमिका प्रदान गरिने उल्लेख छ ।

पार्टीको मार्गदर्शक सिद्धान्तमा मार्क्सवाद, लेनिनवाद र माओवादलाई वैचारिक मेरुदण्डको रूपमा मानिने भएको छ । नेपालका सामाजिक–राजनीतिक सन्दर्भलाई ध्यानमा राख्दै समाजवादी क्रान्तिको कार्यक्रम अघि बढाइने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update