नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

गर्भनर नियुक्ति र समसामयिक राजनितिका बारेमा छलफल भएको बताइएको छ । हिजोका लागि तय भएको भेट प्रधानमन्त्री ओली बिरामी भएपछि स्थगित भएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्यको कारण देखाउँदै देउवासँगको भेट आजका लागि सारिएको थियो ।

आज पनि स्वास्थ्य त्यति राम्रो नभए पनि बाहिरको कार्यक्रममा सहभागी नभई प्रधानमन्त्री निवासमै भेटघाटको कार्यक्रम राखिएको हो ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update