नेपाल न्युज प्वाइन्ट डटकम
बालेन भन्छन्- 'सरी केपी ओली, आई डन्ट सपोर्ट योर करप्ट सिष्टम'

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन(बालेन्द्र) शाहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप लगाएका छन् । प्रधानमन्त्री लगायतले भ्रष्टाचारी जोगाउन लागिपरेकाले आफु गणतन्त्र दिवस मनाउन मूल समारोह समितिको बैठकमा नगएको उनको प्रष्टीकरण छ ।

सोमबार उनले फेसबुकमा लेखेका छन्– जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा , देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ? त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ? सरी केपी ओली, आई डन्ट सपोर्ट योर करप्ट सिष्टम ।’

कार्यक्रममा उपस्थित नभएको भन्दै प्रधानमन्त्री केपी ओलीले अर्कोपटकदेखि काठमाडौं महानगरपालिकाका मेयर शाहलाई बैठकमा नबोलाउन र मुल समारोह समितिमा नाम नराख्न निर्देशन दिएका थिए। सोही विषयलाई लिएर बालेनको यस्तो प्रतिक्रिया आएको हो ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले मेयर शाह यस्ता किसिमका कार्यक्रममा पटक पटक उपस्थित नभएको भन्दै अब कार्यक्रम हुँदा नाम नराख्न र नबोलाउन गृह मन्त्रालयलगायत निकायलाई निर्देशन दिएका हुन्।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  २२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update