नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै

काठमाडौँ : सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २:०० बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिए । 

बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए ।  

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update