नेपाल न्युज प्वाइन्ट डटकम
१४ महिनापछि देउवालाई पद हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले देश विकासको योजना बनाउने काममा कतिपयले अवसर नपाएको र कतिपयले बारम्बार अवसर पाएको उल्लेख गरे ।

उनले बारम्बार योजना बनाउन पाउनेहरू जस्तै देउवालाई पनि १४ महिनापछि ‘लौ प्रधानमन्त्री’ भन्दै किस्तीमा राखेर धूमधामका साथ पद हस्तान्तरण गर्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘मैले १४ महिनापछि शेरबहादुरजीलाई ‘लौ प्रधानमन्त्री’ भनेर किस्तीमा राखेर विधिपूर्वक धूमधामका साथ पद हस्तान्तरण गर्छु ।’

प्रधानमन्त्री ओलीले आफू पनि १४ महिनापछि योजना आयोगको पूर्वअध्यक्ष बन्ने बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update