नेपाल न्युज प्वाइन्ट डटकम
जनमत पार्टीकी सांसद गुरुङले दिइन् राजीनामा

काठमाडौंः लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यबाट जनमत पार्टीकी सांसद गीता गुरुङले राजीनामा दिएकी छन् । जनमत पार्टीकी समानुपातिक सांसद रहेकी उनले प्रदेश सभाका सभामुखसमक्ष राजीनामा दिएकी हुन् ।

उनले सांसद पदमा बसेर आफूले जनताका लागि केही गर्न नसकेको भन्दै करबाट प्राप्त पारिश्रमिक लिन उपयुक्त नठानेकाले राजीनामा दिएकाे बताएकी छन् । 

‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो । जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु’, उनको राजीनामा पत्रमा लेखिएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update