आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान

काठमाडौं : सरकारले आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरेको छ ।
मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको बताएका हुन् ।
यस्तै उनले देशका ७७ जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको बताए । अर्थमन्त्री पुनले केही वर्षअघिसम्म ६१ जिल्ला मात्रै राष्ट्रिय सडक सञ्जालसँग जोडिए पनि २०८० सालमा आइपुग्दा सम्पूर्ण जिल्लाहरू जोडिएको बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १५:२९
प्रतिक्रिया दिनुहोस्