आगामी आ.व.लाई ‘आर्थिक सुधारको वर्ष’ घोषणा

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षलाईं आर्थिक सुधारको वर्ष घोषणा गरेको छ । मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आर्थिक सुधारको वर्ष घोषणा गरेका हुन् ।
सो क्रममा अर्थमन्त्री पुनले शिथिल रहेको मुलुकको अर्थतन्त्र सरकारको प्रयासमा चलायमान हुँदै गएको दाबी गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १५:२५
प्रतिक्रिया दिनुहोस्